दफा ४२
नवीकरण दस्तुर मिन्हा दिने
यस ऐनबमोजिम दर्ता भएको कुनै सवारी कुनै कारणबाट जफत भई वा दुर्घटनामा परी वा अन्य कुनै कारणबाट बिग्री एक वर्षभन्दा बढी अवधिसम्मका लागि चल्न वा चलाउन नसकिने भएमा सवारी धनीले सो ब्यहोरा खुलाई दर्ताको प्रमाणपत्रको साथ सो कुराको प्रमाण पेश गरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो सवारीको दर्ताको प्रमाणपत्र खिची सो सवारी चलाउन नसकिने अवधिसम्मको लागि सो सवारीको धनीले तिर्नु पर्ने नवीकरण दस्तुर मिनाहा दिन सक्नेछ ।